आज र भोलि शेयर बजार नखुल्ने

काठमाडौँ । आज (असोज १९ गते) आइतबार र भोलि (असोज २० गते) सोमबार शेयर बजार नखुल्ने भएको छ। सरकारले सार्वजनिक बिदा दिएसँगै आज र भोलिको लागि शेयर बजार बन्द गरिएको हो।
दशैँ बिदा पछि आजदेखि शेयर बजार खुल्ने भनिएको थियो। तर, देशभर भएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै सरकारले थप दुई बिदा दिने घोषणा गरेपछि आज र भोलि शेयर कारोबार नखुल्ने भएको हो।
सरकारले भारी वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई दृष्टिगत गर्दै काठमाडौं उपत्यका भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन सञ्चालनमा समेत रोक लगाएको थियो। यसले दशैँ मनाउन गाउँ गएकाहरु समेत काठमाडौं फर्कन नसक्ने भएपछि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।