विपद्मा मानवीय क्षति शून्य हुने गरी काम गर्दै छौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण सम्भाव्य मानवीय क्षति शून्य हुने गरी काम गरिरहेको बताएका छन् । मन्त्रालय स्थित कन्ट्रोल रुमबाट सर्वसाधारणलाई सन्देश दिँदै मन्त्री अर्यालले भने, ‘मानवीय क्षति शून्य हुने गरी काम गरिरहेका छौँ ।’
सरकारका निकायहरूलाई मानवीय क्षति शून्य हुने गरी विपद्को उद्धारमा लाग्न निर्देशन दिइएको उनले बताए । विपद्को बेलामा सुशासन अझै बढी महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अर्यालले भने, ‘यस्तो बेलामा नाजायज काम भयो भने सरकारप्रतिको आक्रोश अर्को चरणमा पुग्छ ।’
विपद्को समयमा हुनसक्ने नाजायज काममा संलग्न हुने कमजोरी नगर्न मन्त्रालय मातहतका अधिकारीहरूलाई अर्यालले निर्देशन दिएका छन् । उनले भने, ‘कमजोरी हुन नदिनुहोला ।’
अविरल वर्षासँगै देखिएको चुनौतीलाई अवसरको रूपमा लिएर काम गर्न र जनधनको क्षति हुनबाट बचाउनले उनले मन्त्रालय मातहतका संयन्त्रलाई आह्वान गरेका छन् ।