हिमालयन सेक्युरिटिजको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

काठमाडौं । हिमालयन सेक्युरिटिज लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा कम्पनीको दर्ता कार्यालय, कमलादी, वडा नं. २८, काठमाडौं महानगरपालिका, काठमाडौंमा सम्पन्न भएको छ । सभाले कम्पनीको आ.व. २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण (वासलात, नाफा नोक्सानको हिसाव, नगद प्रवाह विवरण) लगायतका वार्षिक विवरण उपर छलफल गरी पारित गरेको छ ।
उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ८ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाले आ.व. २०८२/८३ का लागि कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम एम.बी. श्रेष्ठ एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टस् लाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
उक्त सभामा सञ्चालक समितिका अध्यक्ष सुशिल जोशी ज्यूले कम्पनीले छोटो समयमा नै हासिल गरेको उपलब्धीमा प्रकाश पारे । कम्पनीले अनुपालना, सुशासन, आधुनिक प्रविधिको अनुशरणमा जोड दिई सर्वसुलभ रुपमा धितोपत्र दलाल सेवा उपलब्ध गराई उक्त क्षेत्रमा नेपालको एक नेतृत्वदायी भुमिका निभाउने मुख्य लक्ष्य रहेको समेत जानकारी गराए ।