अर्थ मन्त्रालयमा डिजिटल स्वीकृति प्रणाली सुरू

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आजदेखि अर्थ मन्त्रालयका सबै टिप्पणी (मेमो) डिजिटल प्रणालीमार्फत स्वीकृति दिने कार्य सुरू गरेको जानकारी दिएका छन् ।
खनालले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् यो जानकारी दिएका हुन् । उनका अनुसार आजदेखि मन्त्रालयमा कागजी प्रक्रियामात्र नभई डिजिटल स्वीकृति प्रक्रियाको सुरुवात भएको उल्लेख गरेका छन् ।
‘आजदेखि अर्थमा सबै टिप्पणी डिजिटल स्वीकृति शुरू,’ मन्त्री खनालले भनेका छन् ।
यससँगै मन्त्रालयभित्र प्रशासनिक कार्यमा पारदर्शिता र छरितोपन बढ्ने अपेक्षा गरिएको छ।
डिजिटल स्वीकृति प्रणाली लागू भएपछि कागजी काममा लाग्ने समय घट्ने र दक्षता बढ्ने विश्वास लिइएको छ ।