एभरेस्ट पेरेन्स् सेमिनार सम्पन्न

भक्तपुर । स्कुलहरुले आफना विद्यार्थीहरुलाई स्मार्ट बनाउने प्रयास गरेको धेरैलाई थाहा हुनसक्छ । तर भक्तपुरको एउटा स्कुलले विद्यार्थीलाई मात्रै होइन, अभिभावकहरुलाईसमेत स्मार्ट बनाउने योजना बनाएको छ । यही योजना अनुसार शुक्रबार स्कुलमा एभरेस्ट पेरेन्स् सेमिनार भएको छ । अभिभावकलाई स्मार्ट बनाउन सेमिनार गरेको स्कुलले जनाएको छ ।
कार्यक्रममा एभरेस्ट स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले कुनै पनि कामको प्रतिक्रिया सोचेर दिनुपर्ने आवश्यकता औंल्याए । उनले बालबालिकाको सवालमा चाँंडो प्रतिक्रियामा जाने परम्परालाई त्याग्नु आवश्यक भएको बताए ।
बाटोमा हिड्दै गर्दा वच्चा लड्यो भने पहिला बच्चालाई ठप्पड हान्ने नेपाली परम्परा छ, उनले थपे, यसो गर्ने होइन, बरु बच्चालाई माया गर्ने हो । यस्तो परम्परा हटाउनुपर्नेमा उनले अभिभावकहरुसँंग आग्रह गरे । बालबालिकाको केसमा यसरी छिटो निर्णय लिएर प्रतिक्रिया जनाउनु गतल भएको उनको बझाई थियो । के कारणले लडेको हो, त्यसबारे गहिरो ढंगले बुझेर प्रतिक्रिया जनाउनुपर्ने उनले जोड दिए ।
कार्यक्रममा स्कुलकी भाइस प्रिन्सिपल संगीता किवाछें बनेपालीले विद्यार्थीका समस्या समाधानका लागि अभिभावकले आफना नानीबाबुहरुको कुरा सुन्नुपर्ने पहिलो आवश्यकता भएको बताइन् । परामर्शदाता त्यो हो, जसले पहिला धेरै कुरा सुन्छ, उनले थपिन्, यही कारण अभिभावकले पनि आफना छोराछोरीहरुको कुरा धेरै सुनेपछि मात्रै थोरै सल्लाह दिनुपर्छ ।
ससाना नानीबाबुहरुका लागि घर आफैंमा पहिलो स्कुल भने जस्तै आआफना अभिभाबक आफैंमा परामर्शदाता रहेको उनले बताइन् । त्यसकारण अभिभावकले स्मार्ट अभिभावकको भूमिकामा रहनुपर्ने आवश्यकता उनले औंल्याइन् ।