एससीटीले ल्यायो ‘Smart Celebrations with SCT’, बिगमार्टमा SCT-UnionPay कार्डबाट भुक्तानी गर्दा १०% छुट

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) ले नेपालमा १२०+ शाखा रहेको चेन स्टोर बिगमार्टमा घटस्थापना (असोज ६ गते) देखि छठसम्म ‘Smart Celebrations by SCT’ अफर सुरु गरेको छ ।
यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा यहि असोज ६ गतेदेखि कार्तिक १० गतेसम्म SCT-UnionPay कार्डबाट भुक्तानी गर्दा एकपटकमा १०%, अधिकतम १०० हुने गरीे छुट प्राप्त गर्नेछन् । यसको लागी भुक्तानी गर्न SCT-UnionPay कार्ड प्रयोग गरी POS मेसिन मार्फतनै भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो अफर घटस्थापना देखि छठ सम्म बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ ।
एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT-UnionPay कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको एससीटीले जनाएकाे छ ।