कर्फ्यू खुलेसँगै सडकमा देखिन थाल्यो चहलपहल

काठमाडौँ । नेपाली सेनाले कर्फ्यू खुलाएसँगै शुक्रबार बिहानै देखि सडकमा चहलपहल बढ्न थालेको छ । शुक्रबार गौशाला, बत्तीसपुतली, सेतोपुल, डिल्लीबजार, एयरपोर्टलगायतका क्षेत्रहरुमा बिहानैदेखि सर्वसाधारणको चहलपहल बाक्लिन थालेको हाे ।
ती ठाउँसँगै अन्य मुख्य सहरका चोक र सडकहरुमा निजी सवारीसाधनहरु निर्वाध चलिरहेका छन् । सेनाले अत्यावश्यक कामका लागि बाहिर जान दिएको सर्वसाधारणले बताएका छन् ।
कर्फ्यूका बेला अत्यावश्यक सेवाहरु एम्बुलेन्स, शव बाहन, दमकल, स्वास्थ्यकर्मी, शुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न तथा ग्यास, दूध, तरकारी, पानी र सञ्चार प्रदायक कम्पनीका सवारीसाधनलाई कुनै रोकतोक छैन् ।
अत्यावश्यक सामग्री किनमेल एवं धार्मिक तथा सांस्कृतिक कर्म गर्नेहरुलाइ समेत सेनाले शुरक्षा दिएर हिडडुल गर्न अनुमति दिएको छ ।