आन्दोलनको फोटो भिडियो संकलन गर्दा तीन पत्रकार घाइते

काठमाडौं । जेनजी आन्दोलनका क्रममा फोटो, भिडियो, समाचार संकलन गर्न पुगेका तीन पत्रकार घाइते भएका छन् । कान्तिपुर टेलिभिजनका भिडियो पत्रकार श्याम श्रेष्ठ पाखुरामा रबरको गोली लागेर सिभिल अस्पतालमा उपचाररत छन् ।
नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई गोली लागेको छ भने नेपाल प्रेसका फोटो/भिडियो पत्रकार उमेश कार्की गोलीको छर्रा लागेर घाइते भएका छन् । तीनैजनाको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।