नेपाल टेलिकमको सीआरबीटी सेवा पुनः शुरू

काठमाडौँ । नेपाल टेलिकमको कलर रिङ ब्याक टोन (सीआरबीटी) सेवा प्राविधिक कारणले अवरुद्ध भएकोमा अब पुनः सुचारु भएको छ ।
कम्पनीका अनुसार प्राविधिक समस्या समाधान भइसकेको र सेवा पहिलेझैँ प्रयोग गर्न सकिने अवस्था बनेको हो। ग्राहकवर्गको माग र आवश्यकतालाई ध्यानमा राख्दै अविच्छिन्न र गुणस्तरीय सेवा प्रदान गर्न नेपाल टेलिकम निरन्तर प्रतिबद्ध रहेको जनाएको छ ।