निफ्राले गर्यो नगद लाभांश घोषणा

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। भदौ १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा नगद लाभांश वितरण गरिनेछ।