एससीटीले नेपालमा सुरु गर्यो 3DS ACS सेवाको सुरुआत

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (SCT) ले नेपालमा 3DS Access Control Server (ACS) सेवा सफलतापूर्वक सुरु गरेको छ।
3DS ACS विश्वव्यापी 3D Secure प्रोटोकलको महत्वपूर्ण अङ्ग हो। यसले अनलाइन कारोबारमा कार्डवाहकलाई सुरक्षित प्रमाणीकरणको सुविधा प्रदान गर्ने र ठगीविरुद्ध उच्चस्तरीय सुरक्षा सुनिश्चित गर्ने गर्दछ।
यस सेवामा आबद्ध हुने पहिलो बैंक Global IME Bank बनेको छ भने हालसालै NMB Bank ले पनि यो सेवा प्राप्त गरिसकेको छ। यी सहकार्यहरू मार्फत दुवै बैंकका कार्डवाहकहरूले अब अनलाइन कारोबार गर्दा अझ सुरक्षित र विश्वसनीय प्रमाणीकरणको सुविधा पाउनेछन्।
SCT ले सुरु गरेको ACS सेवा नेपालमा डिजिटल भुक्तानी क्षेत्रमा नयाँ प्रगतिको रुपमा स्थापित भएको छ। यसले रियल-टाइम प्रमाणीकरण, ठगी रोकथाम, अनलाइन ट्रान्जेक्सन सुरक्षा लगायत डिजिटल अनुभवलाई अझ सुदृढ बनाउन सहयोग गर्ने बताइएको छ।
कम्पनीका अनुसार, यसले ग्राहकहरूको डिजिटल च्यानलमा विश्वास बढाउनुका साथै नेपाललाई अन्तर्राष्ट्रिय भुक्तानी सेवाप्रदायक संस्थाहरूको सुरक्षा मापदण्डसँग नजिक ल्याउने र नगदविहीन अर्थतन्त्रको यात्रालाई टेवा पुर्याउनेछ।
SCT का अनुसार, नेपालमा सुरु भएको यो प्रणाली डिजिटल भुक्तानी क्षेत्रमा नयाँ माइलस्टोन सावित भएको छ।
यसले अनलाइन कारोबार गर्ने ग्राहकलाई सुरक्षा र सहजता बढाउने मात्र होइन, नेपाललाई अन्तर्राष्ट्रिय भुक्तानी सेवाप्रदायक संस्थाहरूको सुरक्षा मापदण्डसँग मेल खाने स्तरमा पुर्याउने विश्वास कम्पनीले व्यक्त गरेको छ।
कम्पनीले 3DS ACS सेवाले ग्राहकमा डिजिटल च्यानलप्रति विश्वास बढाउने, ठगी नियन्त्रण गर्ने र नगदविहीन अर्थतन्त्र (cashless economy) को यात्रामा टेवा पुर्याउने जनाएको छ।
यससँगै नेपालमा डिजिटल कारोबार अझ सुरक्षित, विश्वसनीय र दिगो बन्ने अपेक्षा गरिएको छ।