दशैंको अवसरमा हवाई टिकट खरिदमा ज्याेति विकास बैंकको रु. ५०० क्यासब्याक अफर
काठमाडौँ । ज्योति विकास बैंकले दशैंको अवसरमा आफ्ना ग्राहकहरूका लागि हवाई टिकट खरिदमा ५०० रुपैयाँ क्यासब्याकको आकर्षक अफर ल्याएको छ । यस योजना अन्तर्गत, ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप ‘ज्योति स्मार्ट’ प्रयोग गरी जुनसुकै घरेलु एयरलाइन्सको टिकट खरिद गर्दा उक्त क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
यो सुविधा पाउनका लागि टिकट खरिद गर्दा प्रोमो कोड “JBBL500” प्रयोग गर्नुपर्नेछ। यो अफर पहिलो ४०० जना ग्राहकका लागि मात्र उपलब्ध हुनेछ र अभियान अवधिभर पहिलो टिकट खरिदमा मात्र लागू हुनेछ ।
डिजिटल सुरक्षा र सामाजिक उत्तरदायित्वमा बैंकको प्रतिबद्धता
डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको ज्योति विकास बैंकले हालैमात्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO 27001:2022 प्रमाणपत्र प्राप्त गरेको छ। यसले बैंकको सूचना सुरक्षा प्रणाली बलियो र जोखिममुक्त रहेको पुष्टि गर्छ।
संस्थागत सुशासनलाई प्राथमिकता दिँदै बैंकले आफ्नो खुद नाफाको ५० प्रतिशत बढी रकम सामाजिक उत्तरदायित्वका लागि छुट्याउने गरेको छ। बैंकले ‘न्यानो नानी’ परियोजनामार्फत ६२ वटा इन्क्युबेटर (nurturing baby) प्रदान गरी हरेक वर्ष २२९४ भन्दा बढी शिशुहरूको जीवन रक्षा गर्न सहयोग पुर्याएको जनाएको छ। गत आर्थिक वर्षमा बैंकले ४१ करोड रुपैयाँ कर तिरेको पनि उल्लेख गरेको छ ।
हाल बैंकले उपत्यका र बाहिर गरी १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ एटीएम मार्फत सेवा दिँदै आएको छ ।

