कलंकीमा लेमिनार टायल्सको नयाँ शोरूम उद्घाटन
काठमाडौं । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स ब्रान्ड लेमिनार टायल्सले काठमान्डौको कलंकीमा आफ्नो नयाँ विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ। टन्केश्वर टाइल एण्ड मार्बल हाउस प्रा।लि।लाई आधिकारिक डिलरको रूपमा नियुक्त गर्दै कम्पनीले बुधबार औपचारिक समारोहमार्फत शोरूम उद्घाटन गरेको हो।
कार्यक्रममा टन्केश्वर टाइल एण्ड मार्बल हाउसका सञ्चालक प्रज्ज्वल अधिकारी, लेमिनार टायल्सका निर्देशकद्वय अभिनभ चुरिवाल र आशुतोश खेतानले संयुक्त रूपमा “एम्पोरियो” श्रेणीअन्तर्गतको शोरूमको उद्घाटन गरे।
उद्घाटन समारोहमा बोल्दै निर्देशक अभिनभ चुरिवालले लेमिनार टायल्सले देशभर १०० भन्दा बढी विशेष शोरूम स्थापना गर्ने लक्ष्यसहित बजार विस्तार गरिरहेको बताए। अर्का निर्देशक आशुतोश खेतानले लेमिनार भिट्रिफाइड टायल्सको मजबुती, लोड बियरिङ क्षमता र ब्रेकिङ स्ट्रेन्थ अन्य टायल्सको तुलनामा उच्च भएको दाबी गरे।
बर्दियाको गुलरियामा १२.५ बिगाह क्षेत्रफलमा स्थापित अत्याधुनिक यूरोपेली प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्सको उत्पादन भइरहेको छ। कम्पनीले ५०० भन्दा बढी आकर्षक डिजाइनमा पाँच फरक आकारका टायल्स बजारमा ल्याएको छ।
लेमिनार टायल्स ९९.९२ प्रतिशतसम्म वाटरप्रुफ हुने विशेषता भएको र उच्च गुणस्तरको कच्चा पदार्थ तथा उन्नत उत्पादन प्रक्रियाका कारण अन्य साधारण सेरामिक टायल्सको तुलनामा चार गुणा बढी टिकाउ हुने कम्पनीको दाबी छ।




