रिलायवल नेपाल लाइफ नवौं वर्षमा प्रवेश

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा कारोबार शुरु गरेको ८ वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको छ ।
यस उपलक्ष्यमा कम्पनीले बीमालेख खरिद गर्ने करिब ७० लाख बीमित, नियमनकारी निकायहरु, कम्पनीको पहुँचलाई दुरदराज सम्म पुर्याउन अहम् भूमिका खेल्ने रिलायबल एडभाइजरहरु, शेयरधनीलगायतमा आभार व्यक्त गरेको छ ।
आगामी दिनमा पनि सेवालाई उच्च प्राथमिकता राखी, थप ग्राहक मैत्री भई उत्कृष्ट कारोबार गर्ने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षमा ५७ करोड बराबर नाफा आर्जन गरेको छ । त्यसैगरी कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पूरा गरी हाल रु. ५ अर्व १९ करोड भएको छ । कम्पनीले कुल लगानी गत आर्थिक वर्षको अन्त्यमा रु. २० अरबको हाराहारीमा रहेको छ भने गत आ.व. मा कम्पनीले रु. १ अर्व ४३ करोड दाबी भुक्तानी प्रदान गरेको छ ।