रोटरी क्बल अफ गोंगबुको १०औं पदस्थापना कार्यक्रम सम्पन्न

काठमाडौं । रोटरी क्लब अफ गोंगबुको १०औं पदस्थापन समारोह सम्पन्न भएको छ । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका डिस्ट्रिक्ट गभर्नर इलेक्ट विष्णुबहादुर कार्कीको प्रमुख आतिथ्यता, डिस्ट्रिक्टका असिस्टेन्ट भर्ननरहरू, अन्य क्लबका आमन्त्रित अतिथि रोटरियन, क्लब पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा रोट्रयाक्टर तथा अन्य पारिवारिक सदस्यहरू उपस्थित थिए ।
कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर इलेक्ट कार्की रोटरीले चालेको विश्वव्यापि अभियान र उक्त अभियानमा नेपालमा रोटरीले पुर्याएको योगदानको सन्दर्भमा विचार राखेका थिए । कार्यक्रममा रोटरी क्लब अफ गोंगबुलाई नेपालको रोटरी परिवारमा एक गतिशिल क्लबका रूपमा स्थापित गर्नका लागि क्लबको सम्पूर्ण टिम पूर्ण एकताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
क्लबका अध्यक्ष राजाराम फुँयालले रोटा वर्ष २०२५÷२६ मा मानवीय सेवामा काममा अझ सघन रूपमा आफुलाई समर्पित गर्ने लक्ष्य राखेको बताउँदै त्यसका लागि क्लबभित्र र बाहिर सबैतिरवाट सहयोग, साथ र समर्थन प्राप्त हुने विश्वास व्यक्त गरे ।
‘हामी सामूहिकतामा विश्वास गर्छौं, हाम्रा लक्ष्य प्राप्ति हाम्रा सामूहिक प्रयासहरुमा निर्भर हुनेछन, सबैलाई संस्थाप्रति अपनत्व महसूस हुने गरी समेटेर अगाडि बढने मेरो इमान्दार प्रयत्न हुनेछ,’ अध्यक्ष फुयाँलले भने ।
डिस्ट्रिक्ट गभर्नर र रोटरी इन्टरनेशनल अध्यक्षको मार्गदर्शनलाई आत्मसाथ गरेर अगाडि बढने र क्लबले आफुनो स्रोत, सामाथ्र्य र शक्तिले भ्याएसम्म समुदायको आवश्यकता अध्ययनका साथै समाधानको इमान्दार प्रयत्न गर्ने अध्यक्ष फुयाँलले बताए । उनले चालू आर्थिक वर्षका लागि कार्यक्रम समेत पेश गरेका थिए ।
सो अवसरमा क्लबमा योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा थप नयाँ तीन सदस्यको इन्डक्सन गरिएको थियो ।