विक्रेताहरूको कदर गर्दै दराज नेपालद्वारा सातौ सेलर सम्मिटको भव्य आयोजना

काठमाडौं । नेपालकै अग्रणी अनलाइन मार्केटप्लेस दराज नेपालद्वारा ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा आफ्नो सातौँ वार्षिक सेलर सम्मिट भव्यताका साथ आयोजना गरेको छ । साउन ३० गते ‘ह्याप्पि सेलिंग’ भन्ने नारा सहित आयोजना गरिएको यस कार्यक्रममा देशभरिबाट ४७० जना विक्रेताहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
सुरुवाती चरणमा विक्रेताको सशक्तिकरणको उद्देश्यका साथ आयोजना गरिएको सेलर सम्मिटलाई यस बर्ष अझ परिस्कृत गर्दै थप सुदृढताका साथ अघि बढाइएको छ । यस बर्षको कार्यक्रम अन्तर्गत दराजले विक्रेताको अनुभवलाई सहज, पहिचानलाई एकीकृत, संलग्नतालाई थप गहिरो, योगदानलाई अझ व्यापक मान्यता दिने र व्यापारलाई अझ सबल बनाउने उद्देश्यका साथ आवश्यक श्रोतहरु प्रदान गर्ने व्यवस्था गरिएको थियो ।
“दराजको सफलताको प्रमुख आधार नै हाम्रा विक्रेताहरूको समर्पण र लगनशीलता हो । हामी स्थानीय साना तथा मझौला उद्यम (एसएमई) व्यवसायलाई अझ सक्षम बनाउन, लाखौं उपभोक्तासम्मको पहुँच दिलाउन र उहाँहरूलाई आवश्यक डिजिटल उपकरण उपलब्ध गराउन सदैव प्रतिबद्ध छौं । ‘‘ह्याप्पि सेलिंग’ ’ मार्फत हामी हाम्रा विक्रेताहरूको विश्वसनीय सहयात्री बन्ने प्रतिवद्धतालाई पुनः पुष्टि गर्न चाहान्छौँ । ”, दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले आफ्नो कि नोट प्रस्तुति दिँदै विशेष प्राथमिकताका साथ भनिन ।
कार्यक्रममा दराज नेपालको नेतृत्व टोलीले पनि विक्रेताहरूसँगको सहकार्यले कसरी कम्पनीको वृद्धि र नेपालमा ई–कमर्सको विस्तारमा उल्लेखनिय भूमिका खेलेको छ भन्ने बारे आफ्ना अमूल्य दृष्टिकोणहरू पनि साझा गरेका थिए ।
कार्यक्रमको संध्याकालीन सत्रको मुख्य आकर्षणका रुपमा २२ जना उत्कृष्ट विक्रेता तथा एफिलिएटहरूलाई सम्मानित गर्नु पनि रहेको थियो । कम्पनीका अनुसार उहाँहरूको लगनशीलता, नवीनता र ग्राहकलाई सदैव पहिलो प्राथमिकता दिने दृष्टिकोणले गर्दा नै उहाँहरु दराजमा सफलतापूर्वक व्यापार गर्न सकिन्छ भन्ने कुराको जीवन्त तथा उत्कृष्ट उदाहरणका रुपमा स्थापित गर्न सफल बन्नु भएका छन् ।
यस वर्ष सम्मानित भएका विजेताहरू:
सेलर अफ द इयर २०२५: वान प्लस
मनबाटै नेपाली अवार्ड: त्रीकाया
टप SME सेलर अवार्ड: स्मार्ट च्वाइस NP
टप इमर्जिङ सेलर अवार्ड: ग्लेन नेपाल
दराज राइजिङ एफिलिएट अफ द इयर: श्रृष्टि सुनुवार
टप सेलर अफ द इयर (FMCG): ¥होटो
फ्ल्यास सेल हिरो (FMCG): अस्टाबेरी
क्याम्पेन हिरो (FMCG): अवीबी
मोस्ट इन्गेजिङ कन्टेन्ट क्रिएटर अफ द इयर: सुक्शिता घिमिरे
टप सेलर अफ द इयर (इलेक्ट्रोनिक्स): अल्टिमा लाइफस्टाइल
फ्ल्यास सेल हिरो (इलेक्ट्रोनिक्स): ग्रिन लाइफ एक्स्पेरियन्स
क्याम्पेन हिरो (इलेक्ट्रोनिक्स): बिग डिजिटल
दराज एफिलिएट अफ द इयर: एकता तण्डुकार
टप सेलर अफ द इयर (लाइफस्टाइल): साम प्रोफाइल न्यूट्रिशन नेपाल
फ्ल्यास सेल हिरो (लाइफस्टाइल): जेम्स स्टोर नेपाल
क्याम्पेन हिरो (लाइफस्टाइल): आफ्नो पसल
दराज एक्सप्रेस सेलर अफ द इयर: अग्र्यानिक अनलाइन प्रा.लि.
टप सेलर अफ द इयर (फेशन): ब्राण्डहाउस
फ्ल्यास सेल हिरो (फेशन): शप मी
क्याम्पेन हिरो (फेशन): भ्यान्स
दराज मार्केटिङ सोल्युशन च्याम्पियन: सेटाफिल
दराज कस्टमर च्वाइस अवार्ड: ई–मे
दराज नेपालले यस अवसरलाई विक्रेताको उपलब्धि मात्र नभई, भविष्यका सहकार्य र साझा सफलताका लागि नयाँ अध्यायको सुरुवातको रुपमा समेत प्रस्तुत गरेको देखिन्छ । कम्पनीले आगामी दिनमा पनि आफ्ना विक्रेताहरूको दिगो वृद्धिमा सशक्त बनाउँदै नेपालको ई–कमर्स उद्योगलाई अझ सबल बनाउन निरन्तर प्रतिबद्ध रहने प्रतिबद्धता जाहेर गरेको छ ।