इन्फिनिक्स होरा ईस्पोर्ट्सको आधिकारिक ‘ईस्पोर्ट्स स्मार्टफोन पार्टनर’

काठमाडौं । स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले नेपालकै चर्चित ईस्पोर्ट्स टोली होरा ईस्पोर्ट्ससँग साझेदारी गरेको छ । यस सम्झौतापछि इन्फिनिक्स आधिकारिक रूपमा होरा ईस्पोर्ट्सको अफिसियल ईस्पोर्ट्स स्मार्टफोन पार्टनर बनेको छ ।
सञ्जन गौतमको नेतृत्वमा रहेको टोली अबदेखि इन्फिनिक्स होरा ईस्पोर्ट्सका नाममा परिचित हुनेछ ।
टोलीको जर्सी, कन्टेन्ट र लाइभ टुर्नामेन्टहरूमा इन्फिनिक्सको लोगो हुनेछ भने गौतम नेपालमा इन्फिनिक्सको गेमिङ फेसका रूपमा रहनेछन् ।
सञ्जन गौतमले यो सम्झौता नेपालमा ईस्पोर्ट्स संस्कृति बनाउन र खेलाडीलाई विश्वस्तरमा प्रतिस्पर्धा गर्ने बाटो देखाउने प्रयास भएको बताए ।
इन्फिनिक्सका पियुष गिरीले सधैं नयाँ पुस्ताको साथमा रहनेमा विश्वास व्यक्त गरे । यो सहकार्यले इन्फिनिक्सलाई गेमरहरूबीच अझै भरपर्दो ब्रान्ड बनाउने उनको विश्वास छ ।