जस्मिन पेन्ट्सले ल्यायो ‘चाड पर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्स संग’ ग्राहक उपहार योजना

काठमाडौं । जस्मिन पेन्ट्सले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि ‘चाड पर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्स संग’ ग्राहक उपहार योजना– २०८२ संचालनमा ल्याएको छ ।
आउँदै गरेका चाडपर्वहरूमा थप उमंग र खुशी प्रदान गर्ने उद्देश्यका साथ आज अर्थात् भदौ १ गतेदेखी आगामी कार्तिक ३० गते सम्मका लागि ग्राहक लक्षित उक्त योजना ल्याएको हो ।
योजनामा सहभागी हुन ग्राहकहरूले नजिकैको डिलरहरूबाट कम्तीमा ७५ हजार रुपैयाँ बराबरको जस्मिन पेन्ट्सको उत्पादनहरूको खरिदमा एक लक्की ड्र कुपन प्राप्त गर्न सक्नेछन् ।
लक्की ड्र मार्फत बिभिन्न उपहारहरु प्राप्त गर्न सक्नेछन। विजेता घोषणाको लक्की ड्र कार्यक्रम प्रत्यक्ष प्रसारण मार्फत गरिने कम्पनीले जनाएको छ । उपहार योजना मार्फत एक हजार बयासी जना ग्राहकहरूले विभिन्न उपहारहरु प्राप्त गर्न सक्नेछन् ।
जस अन्तर्गत १ जनाले बम्परमा जापान घुम्न पाउने अवसर, ७५ जनाले डिनर सेट , १०५ जनाले जाडोमा न्यानो बनाउने हिटर , १५१ जनाले अईरन र ७५० जनाले आकर्षक भित्ते घडी प्राप्त गर्न सक्नेछन् ।
उपहार योजनाले सम्पूर्ण ग्राहकहरूको मन जित्न सफल रहनेछ भन्ने पूर्ण विश्वास कम्पनीको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरुबाट समेत पुरस्कृत भएको यस कम्पनीले विगत ३१ वर्षदेखि निरन्तर रुपमा ‘नेपाली मनको रङ’ भन्ने स्लोगनका साथ आफ्ना उत्पादनहरू नेपाली ग्राहक समक्ष पु¥याइरहेको छ ।
अन्तर्राष्ट्रिय गुणस्तरका उच्चस्तरीय रङहरु उत्पादन गर्दै आईरहेको यस कम्पनि घर रङरोगनको लागि नेपालि पेन्ट्सहरु मध्ये ग्राहकहरुको पहिलो रोजाईमा पर्दै आईरहेको छ ।