फोटोन र सोकोनले ‘नाडा अटो शो २०२५’मा युनिट्री ह्युमानोइड रोबोटको प्रत्यक्ष अनुभव गराउने

काठमाडौं । आगामी अगस्ट १९ देखि भदौ २४ सम्म काठमाडौंको भृकुटीमण्डपमा हुने नाडा अटो शो २०२५ मा फोटोन र सोकोनले यसपटक विशेष आकर्षणसहितको उपस्थिति जनाउने भएका छन् ।
यस वर्ष कम्पनीले अत्याधुनिक युनिट्री ह्युमानोइड रोबोटको प्रत्यक्ष अनुभवसमेत स्टलमा उपलब्ध गराउने तयारी गरेको छ।
फोटोनले आफ्नो लोकप्रिय टुनल्यान्ड पिकअपका लागि स्टल नम्बर ए ७ राखेको छ। यसमा नेपालका कठिन अफ–रोड गन्तव्यहरूमा २३ दिनमै यात्रा पूरा गरेर इतिहास रचेको टुनल्यान्ड पिकअप देखाइनेछ।
उच्च ग्राउन्ड क्लियरेन्स, शक्तिशाली इन्जिन र मजबुत सस्पेन्सनका कारण यो व्यक्तिगत तथा व्यवसायिक दुवै प्रयोजनका लागि उपयुक्त मानिन्छ। यसपटक टुनल्यान्ड जी ७ डिजेलसहित दुई नयाँ मोडलको पहिलो झलक पनि प्रदर्शित हुनेछ।
फोटोनको स्टल नम्बर झे ४ मा कम्पनीको अन्य सवारीसाधन, विशेषगरी माउन्टेन ईभी र टीएम १ मोडलहरू देखाइनेछन्। सोकोनको स्टल नम्बर जे ६ मा भने वातावरणमैत्री विद्युतीय भ्यान प्रदर्शनमा रहनेछ, जुन शहरी तथा आसपासका क्षेत्रमा सहज र प्रदूषणमुक्त यातायातका लागि उपयुक्त मानिन्छ।
स्टलमा आगन्तुकहरूले युनिट्री ह्युमानोइडसँग प्रत्यक्ष संवाद गर्दै उन्नत रोबोटिक्स प्रविधिको अनुभव लिन सक्नेछन्। साथै ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष छलफल, नयाँ मोडल अवलोकन, विशेष अफर र फाइनान्स सुविधाको जानकारी पनि पाउन सकिनेछ।
फोटोन टुनल्यान्ड पिकअपका लागि स्टल ए ७, फोटोन ईभी र टीएम १ का लागि जे १ तथा सोकोन विद्युतीय भ्यानका लागि जे ६ अवश्य भ्रमण गर्न आयोजकले आग्रह गरेका छन्। अग्रिम दर्ता गर्ने आगन्तुकले आकर्षक उपहार जित्ने अवसरसमेत पाउनेछन्।