आज अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा

काठमाडौं । बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुसमेतको प्रभावले मनसुन सक्रिय भएको छ । दुवैतिरबाट आएको बादलले गर्दा हिजोदेखि नै धेरै स्थानमा पानी परिरहेको छ ।
आज पनि अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । कुनै–कुनै ठाउँमा त अति भारी वर्षाको समेत सम्भावना छ । विहीबार बिहानदेखि भने तुलनात्मक रुपमा पानी पर्न कम हुने प्रक्षेपण छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद गोविन्द झाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकाले मनसुन सक्रिय भएको बताए । यसको प्रभावले गत २४ घण्टामा देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ । एक–दुई ठाउँमा अति भारी वर्षा पनि भएको छ ।
मौसमविद गोविन्द झाका अनुसार पानी पार्ने बादल पूर्वबाट पश्चिमतर्फ सर्ने क्रममा छ । तर सबैतिर एकनासको वर्षा नभई आइसोलेटेड (कुनै–कुनै ठाउँमा मात्र केन्द्रित हुने) गरी पानी पर्ने सम्भावना रहेको उनले बताए ।
आज बिहान बागमती प्रदेशसहित काठमाडौं उपत्यकामा समेत केही घण्टासम्म मध्यम वर्षा हुने मौसमविद झाले बताए । त्यसपछि वर्षा पश्चिमतर्फ सर्दै जानेछ ।
आज राति पश्चिम क्षेत्रमा बढी वर्षा हुने पूर्वानुमान छ । त्यसक्रममा तुलनात्मक रुपमा पहाडी क्षेत्रमा बढी वर्षा हुने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागले आज बिहान जारी गरेको बुलेटिनमा लेखिए अनुसार आज दिउँसो देशका अधिकांश स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ