देश निर्माणको योजनाका साथ घर फर्किँदै छु : दुर्गा प्रसाईं

स्वागत गर्न पुगे कांग्रेस सांसद शर्मा
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देश निर्माणको भावी योजनाका साथ घर फर्किने तयारीमा रहेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रसाईंले यस्तो बताएका हुन् ।
सोमबार उच्च अदालत पाटनका न्यायाधीश मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको वाणिज्य इजलासले प्रसाईंलाई बैंकिङ कसुरमा २५ लाख र राजावादी प्रदर्शनमा ३ लाख गरी २८ लाख धरौटी माग गर्दै रिहा गर्न आदेश गरेको थियो ।
उनले न्याय मरेको छैन भन्ने आभाष दिलाउने न्यायाशीधहरुप्रति कृतज्ञता समेत व्यक्त गरेका छन् । आदेश बमोजिम प्रसाईं धरौटी रकम तिरेर रिहा हुने प्रक्रियामा छन् । उनी गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा हिंसात्मक राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए ।
यसै बिच उच्च अदालत पाटनको आदेशपछि धरौटी बुझाएर डिल्लीबजार कारागार फर्किएका मेडिकल व्यवसायीलाई स्वागत गर्न कांग्रेस सांसद सुनिल शर्मा पुगेका छन् ।
उनी केहीबेर अघिमात्रै डिल्लीबजारस्थित कारागार पुगेका हुन् । कारागारले धरौटी बुझाएपछिको बाँकी प्रक्रिया पूरा गर्नेगरी काम गरिरहेको छ ।