सागर डिस्टिलरीकाे आइपीओ स्वीकृत

काठमाडौ । सागर डिस्टिलरीले आईपीओ ल्याउन धिताेपत्र बाेर्डमा दिएकाे निवेदन स्वीकृत भएकाे छ । कम्पनीले साउन १२ गते नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो ।
अब डिस्टिलरीले सर्बसाधारणका नाममा १४ कराेड ५२ लाख रूपैया बरावरकाे १४ लाख ५२ हजार कित्ता सेयर जारी गर्नेछ । कम्पनीकाे बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटलले गर्नेछ। कम्पनीले आफ्नाे पुँजीकाे २० प्रतिशत सर्वसाधारणमा आइपीओ रु.१०० अंकित दरमा जारी गर्न लागेकाे हाे। बाँकी ८० प्रतिशत सेयर संस्थापक समूहको रहनेछ । उत्पादन तथा प्रशोधन समूहको यस कम्पनीले नेप्से बुल्स, रोयल ब्लु, गभर्नर, ग्रेउल्फ लगायत ब्राण्डका मदिरा उत्पादन तथा बिक्री गर्दै आएको छ ।