पिपुल्स पावरको हकप्रद शेयरमा आवेदन दिने म्याद थप

काठमाडौं । पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ। कम्पनीको ५० प्रतिशत हकप्रद शेयरमा अब साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २ गते बुकक्लोज गरेको थियो। यस अनुसार असार १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ।
हकप्रद शेयर निष्काशन गरी संकलन भएको रकम पुवा २ जलविद्युत आयोजना निर्माणको लागि विभिन्न बैंकहरुसँग लिएको ऋणमध्ये केही रकम भुक्तानी गर्ने र बाँकी रहेको रकम पुवा २ जलविद्युत आयोजना निर्माणका लागि भएको खर्चको बाँकी रकम भुक्तानी गर्न र कम्पनीद्वारा प्रबद्र्धित अन्य आयोजनाको विकासमा लगानी गर्न प्रयोग गर्नेछ।