नाइमा अटो शोमा याडियाको ‘भेलक्स’ सिरिज सार्वजनिक हुँदै

काठमाडौँ । विद्युतीय स्कुटर ब्राण्ड याडियाको भेलक्स सिरिज नाइमा मोबिलिटी एक्सपो(अटो शो) मा सार्वजनिक हुने भएको छ । नेपालका लागि याडियाको आयातकर्ता तथा बिक्रेता कम्पनी कुजु नेपाल प्रालिले सो सिरिज सार्वजनिक गरिने जानकारी दिएको छ ।
कम्पनीका अनुसार सो सिरिज अन्तर्गत ३ वटा माेडल सार्वजनिक हुँदैछ । जुन शक्ति, प्रदर्शन र उद्देश्यका लागि निर्माण गरिएको कम्पनीको दाबी छ । भेलक्स फास्ट चार्जिङ्ग, भेलक्स यू र भेलक्स एच मोडलहरु सार्वजनिक हुँदैछन् ।
भेलक्स फास्ट चार्जिङ्ग
७६ भी र ३० एएच एलएफपी ब्याट्री सहितको यो स्कुरट एक पटक फुल चार्ज गरेपछि ११० किलोमिटरसम्म गुड्छ । जुन २० मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ । जसमा ३.२० किलोवाटको मोटर रहेको छ । जसले १७२ एनएम टर्क उत्पादन गर्छ । यस स्कुटरको उच्चतम गति ६२ किलोमिटर प्रतिघण्टा रहेको छ ।
भेलक्स यू–अल्ट्रा प्रदर्शन
यस स्कुटरमा डुअल ७४भी २० एएच ब्याट्री सिस्टम रहेको छ । जसले १४० किलोमिटरको रेन्ज दिन्छ । ४.९ किलोवाटको मोटर रहेको छ । जसले १७६ एनएम टर्क उत्पादन गर्छ । जसको उच्चतम गति ८० किलोमिटर प्रतिघण्टा रहेको छ ।
भेलक्स एच–उच्च प्रदर्शन
दैनिक प्रयोगकर्ताहरूका लागि सहज, भरपर्दो भेलक्स एच मूल्यमैत्री र शक्तिशाली मोडेल हो । जसमा ७२भी ३०एएच ब्याट्री, १०० किमिसम्मको रेन्ज, ३.२ किलोवाटको मोटर रहेको छ । उच्चतम गति ६२ किमि प्रतिघण्टा र १७२ एनएमको टर्क यो स्कुटरले उत्पादन गर्छ ।