शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको ऋणपत्रका लागि आवेदन दिने आज (साउन ४ गते) अन्तिम दिन रहेकाे छ । असार ३२ गतेबाट बिक्री खुला भएकाे उक्त ‘शाइन रेसुङ्गा डिबेञ्चर’मा आजसम्म आवेदन दिन सकिने छ।
बैंकले १० वर्ष अवधिको ‘शाइन रेसुङ्गा डिबेञ्चर’ असार ३२ गतेदेखि निष्काशन गरेको हो। जसमा ८ प्रतिशत ब्याज पाइन्छ ।
बैंकले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। जसको अंकित मूल्य प्रतिऋणपत्र एक हजार रहने छ । सोमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने बैंकले जानकारी दिएको छ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि सूरक्षित राखिएको छ ।
सो ऋणपत्रमा न्यूनतम् २५ कित्ता र अधिकतममा ५ लाख कित्ताका लागि आवेदन दिन सकिने छ। निष्काशन बन्द छिटोमा साउन ४ गते र ढिलोमा साउन १४ गते हुनेछ।
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।
