श्रमिकको ज्याला बढ्यो, अब न्यूनतम १९ हजार माथि
काठमाडौ । श्रमिकको न्यूनतम ज्याला बृद्धि भएको छ । बिहीबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरकारका प्रतिनिधि, ट्रेड युनियन र निजी क्षेत्रबीच भएको त्रिपक्षिय छलफलमा श्रमिकको न्यूनतम ज्याला बढाउने सहमति भएको हो । नयाँ सहमति अनुसार अब श्रमीकले मासिक १९ हजार ५५० रुपैयाँ पाउनेछन् ।
यस अघि श्रमिकको न्यूनतम ज्याला १७ हजार ३ सय रुपैयाँ थियो । बढेको ज्याला साउन १ गते बिहीबारबाटै लागु गर्ने सहमति भएको छलफलमा सहभागी एक सदस्यले बताए ।
