युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीलाई असार ३० गते ३१ औँ वार्षिक साधारण सभामा बोलाएको छ । कम्पनीको असार ९ गते बसेको सञ्चालक समितिको ६२ औँ बैठकले उक्त सभा अम्रपाली ब्याङ्क्वेट क्याटरिङ्ग एण्ड इभेन्ट प्रा.लि. भाटभटेनी, काठमाडौंमा बिहान १०ः३० बजे बस्ने निर्णय गरेको हो ।
उक्त सभा प्रयोजनका लागि असार १९ गते शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज)को मिति तय गरेको छ । असार १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
साथै, आर्थिक वर्ष २०८०÷८१ को नाफाबाट १० प्रतिशत बोनस शेयर तथा ०.५२३६ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव पेस गर्ने भएको छ । त्यसैगरी उक्त सभामा विशेष प्रस्ताव स्वरूप कम्पनीले हकप्रद शेयरको अनुपात घटाउने प्रस्ताव पनि पेस गर्ने भएको छ ।
अघिल्लो जेठ ३१ गते सम्पन्न विशेष साधारण सभाले १५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । तर, बोनस शेयर वितरण पश्चात् चुक्ता पुँजी वृद्धि हुने भएकाले अब १० प्रतिशत मात्र हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव कम्पनीले ल्याउने भएको हो ।