आफूमाथि लगाइएका आरोप परीक्षणसहित पुष्टि गर्न मन्त्री गुप्ताको चुनौती

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफूमाथि लगाइएका सम्पूर्ण आरोपहरू निराधार भएको बताएका छन् । केही दिनयता विभिन्न सञ्चारमाध्यमहरूमा आइरहेका समाचार र त्यसमा समावेश तथ्यहरूप्रति आपत्ति जनाउँदै ती आरोपहरूको परीक्षणसहित पुष्टि गर्न चुनौतीसमेत दिएका छन् ।
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफूमाथि लगाइएका सम्पूर्ण आरोपहरू निराधार भएको बताएका छन् । केही दिनयता विभिन्न सञ्चारमाध्यमहरूमा आइरहेका समाचार र त्यसमा समावेश तथ्यहरूप्रति आपत्ति जनाउँदै ती आरोपहरूको परीक्षणसहित पुष्टि गर्न चुनौतीसमेत दिएका छन् ।
आफूविरुद्ध हाल सञ्चारमाध्यमहरूमा आइरहेका समाचारहरू प्रायोजित र निराधार रहेको दाबी गदै मन्त्री गुप्ताले सरुवा र नियुक्तिजस्ता कार्यमा कहीँकतै घुस डिल नगरेको स्पष्ट गरेका छन् ।
‘यो विषय मेरा लागि अत्यन्त संवेदनशील छ, ममाथि प्रश्न उठाएपछि अब यस्ता आरोपहरू पुष्टि गर्न मिडिया स्वयंले पनि प्रमाण खोज्नुपर्छ,’ उनले भने, ‘प्रतिष्ठा हरण र निराधार आरोपको पुष्टि हुने आधार मिडियाले खोजौँ ।’
सरुवा र नियुक्तिलगायत विषयमा ‘रकम बार्गेनिङ गरेको’ भन्ने जस्ता आशयका समाचारहरूले आफ्नो व्यक्तिगत प्रतिष्ठामाथि आँच पुर्याएको उनको भनाइ छ । समाचारमा आएका विषयवस्तुहरूप्रति गम्भीर आपत्ति रहेको जनाउँदै मन्त्री गुप्ताले आफ्नोविरुद्ध समाचार लेख्ने सञ्चारमाध्यमलाई प्रश्न गर्दै उत्तर दिन आग्रह गरेका छन् ।