सुन–चाँदी दुवैको भाउ बढ्यो, कति छ आज कारोबार मूल्य ?

काठमाडौं । आज सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य १ लाख ९१ हजार ८०० रुपैयाँ कायम रहेको थियो ।
यता, आज चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँले बढेर २२ सय ८५ रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको भाउ प्रतितोला २२ सय २० रुपैयाँ कायम रहेको छ ।