लघुवित्तलाई १५ प्रतिशतभन्दा बढी लाभांश वितरणमा गरिएको कडाईमा पुनरावलोकन हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुले वितरण गर्ने लाभांशमा गर्दै आएको कडाईमा पुनरावलोकन गर्ने भएको छ । राष्ट्र बैंकले लघुवित्तलाई १५ प्रतिशतभन्दा बढी लाभांश वितरणमा कडाई गर्दै आएको छ ।
राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत लघुवित्त वित्तीय संस्थाले हालको व्यवस्थाअनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा वोनस) वितरण गर्नेसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ बताएको हो ।
