नेपाली कलेजलाई भारतीय सम्मान

काठमाडौं । भारतको इन्टिच्युट अफ इन्टपेर्नशीप एण्ड म्यानेजमेन्ट स्टडिजले नेपालको प्रतिष्ठित शैक्षिक संस्था हिमाल कलेज अफ म्यानेजमेन्टलाई इन्टरनेशनल एजुकेशन एक्सिलेन्सी अवार्ड २०२५ बाट सम्मान गरेको छ ।
कलेजले व्यावसायिक र व्यवहारिक शिक्षामा पु¥याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्र्दै यो सम्मान पाएको जनाइएको छ । सम्मानले अन्तर्राष्ट्रिय स्तरमा थप एक उल्लेखनीय सफलता हासिल गरेको कलेजको भनाई छ । कलेजले सैद्धान्तिक र व्यवहारिक शिक्षाबीचको खाडल घटाउँदै व्यावहारिक शिक्षामा जोड दिएको, कक्षा १२ र स्नातक तहपछि रोजगारी र आत्मरोजगारको सुनिश्चित मार्ग तयार पारेको, नवप्रवर्तन, नेतृत्व र व्यवसायिक क्षमताको विकास हुने शैक्षिक वातावरण निर्माण गरेको भन्दै कलेजको शैक्षिक दृष्टिकोणलाई एक उत्कृष्ट उदाहरणको रूपमा सम्मानित गरेको कलेजले जनाएको हो ।
यस अवार्डले हिमाल कलेजको मूल उद्देश्य—“परिवर्तनशील, नतिजामूलक र जीवनपरिवर्तन गर्ने शिक्षा प्रणाली स्थापना“—लाई अन्तर्राष्ट्रिय मान्यता दिलाएको जनाएको छ ।