मुक्तिनाथको सुनौलो बाल बचत खाता׃ बालबालिकाको जीवनको सबैभन्दा ठूलो उपहार, के के छन् सुबिधा ?

काठमाडौं । ग्राहकका लागि सहज सेवा र आकर्षक योजना उपलब्ध गराउन नवीन खोज गरिरहने निजी क्षेत्रको अब्बल बैंककारुपमा मुक्तिनाथ बिकास बैंकले आफुलाई स्थापित गरेको छ । १८ वर्षभन्दा बढी समयदेखि नेपाली बैंकिङ क्षेत्रमा विश्वासको प्रतीक बनेको यस बैंकले सबै वर्गका ग्राहकहरूलाई लक्षित गर्दै विभिन्न बचत खाता योजना सञ्चालनमा ल्याएको छ ।
मुक्तिनाथ विकास बैंकले बालबालिकाहरूलाई लक्षित गरी विशेष रूपमा ल्याएको बचत खाता नै “सुनौलो बाल बचत खाता” हो । यो खाता बालबालिकाहरूमा सानैदेखि बचत गर्ने बानीको विकास गराउने र उनीहरूको भविष्यको लागि आर्थिक आधार तयार पार्ने उद्देश्यले ल्याइएको अत्यन्तै उपयोगी र सुविधासम्पन्न योजना हो ।
सन्तानको भविष्य उज्वल चाहाने जोकोही अभिभावकले मुक्तिनाथ विकास बैंकमा सुनौलो बाल बचत खाता खोलेर बालबालिकालाई आर्थिक सुरक्षाको महत्व सिकाउँदै उनीहरुको आर्थिक भविष्य बलियो बनाउन सक्छन् ।
आवश्यक कागजातहरू
• बालबालिकाको उमेर १८ वर्ष वा सोभन्दा कम पर्छ ।
• बालबालिकाको जन्मदर्ता प्रमाणपत्र ।
• बच्चा तथा अभिभावकको पासपोर्ट साइजको फोटो
• अभिभावकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
कसरी खोल्ने खाता ?
मुक्तिनाथको सुनौलो बाल बचत खाता कुनै झन्झटबिना तुरुन्तै खोल्न सकिने व्यवस्था छ । १८ वर्ष उमेर पूरा नभएका सबै नेपाली बालबालिकाले सजिलै खाता खोल्न सक्छन् । तपाई आफै बैंकको शाखा कार्यालयमा गएर वा अनलाइन मार्फत सुनौलो बाल बचत खाता खोल्न सक्नुहुन्छ ।
अनलाइनमार्फत यसरी खोल्नुहोस खाता
• मुक्तिनाथ विकास बैंकको वेबसाइट www.muktinathbank.com.np मा जानुहोस् ।
• खाता खोल्नुहोस् “Online Applications” मा गएर Online Account Opening मा क्लिक गर्नुहोस् ।
• मुक्तिनाथको सुनौलो बाल बचत खाता छनौटमा गरि Apply Now मा क्लिक गर्नुहोस् ।
• तपाईले आवस्यक व्यक्तिगत विवरणहरु जस्तै׃ नाम, मोबाइल नम्बर, ईमेल, जन्ममिति भरेपछि फारम खुल्नेछ ।
• तपाईले व्यक्तिगत विवरणहरु KYC (Know Your Customer) भर्नुका साथै बच्चा र अभिभावकको पासपोर्ट साइजको फोटो , जन्मदर्ता, राष्ट्रिय परिचयपत्रमा भएको विवरण अपलोड गर्नु पर्छ ।
• विवरणहरु सबमिट गरेपछि बैंकबाट फोन÷ईमेलमार्फत सम्पर्क हुनेछ ।
यस्ता छन् विशेषताहरु
शून्य मौज्दातमा खाता, आकर्षक ब्याजदर
यस खाताको विशेषता भनेको कुनै न्यूनतम मौज्दात बिना खाता खोल्न सकिने र खाता खोल्दा कुनै शुल्क नलाग्ने हो । सेवाग्राहीले आफै बैंकको शाखा कार्यालयमा गएर वा अनलाइन मार्फत खाता खोल्न सक्छन् । बैंकले यस खाताका बचतकर्ताहरु लाई आर्कषक ब्याज प्रदान गर्दै आइरहेको छ ।
कुनै पनि शाखाबाट कारोबार गर्ने सुविधा
सेवाग्राहीले कुनै पनि शाखाबाट आफ्नो खातामा सहज रूपमा जम्मा, निकासा तथा अन्य सेवा लिन सक्नुहुन्छ ।
बालबालिकाको भविष्यका लागि सुरक्षित र व्यवस्थित बचत
बालबालिकाले अभिभावकमार्फत खाता सञ्चालन गरि नियमित बचत जम्मा गर्र्र्र्र्र्दा आर्थिक अनुशासनको अनुभव गर्न पाउँछन् । यो प्रयासले बालबालिकालाई औपचारिक वित्तीय प्रणालीमा समेट्ने र उनीहरुको दीर्घकालीन आर्थिक सशक्तीकरणको आधार तयार गर्ने बिश्वास मुक्तिनाथ विकास बैंकले लिएको छ ।
निःशुल्क मोबाईल बैंकिङ र SMS सेवा
यो खातासँगै मोबाईल बैंकिङ र SMS अलर्ट सेवा निःशुल्क उपलब्ध छ, जसले खाताधारकलाई आफ्नो जम्मा रकम र कारोबार बारे जानकारी दिनेछ ।
नि׃शुल्क चेकबुक उपलब्ध
सेवाग्राहीलाई बैंकबाट नि׃शुल्क चेकबुक प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न VISA Network अन्तर्गतको जुन सुकै बैंकको ATM बाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरिएको छ । बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप संचालनमा ल्याएको छ ।
त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।