नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले लिइन पद तथा गोपनियताको शपथ

काठमाडौं । बीमा समितिबाट नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंह पद तथा गोपनियताको शपथ लिएकि छिन् ।कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाबट पद तथा गोपनियताको शपथ लिएकी हुन् ।
कम्पनीको मिति २०८२/०३/०५ मा भएको ३७ औं वार्षिक साधारण सभावाट कम्पनीको संचालक समितिको पूर्नगठन भई श्रीमती सिंह संचालक समितिको अध्यक्षमा सर्व सम्मतिवाट पूर्ननिर्वाचित भएकी हुन ।
नेपाल बीमा प्राधिकरणको अध्यक्ष ओझाले कम्पनीको पूर्ननिर्वाचित अध्यक्ष सिंहको सफल कार्यकालको लागि शुभकामना ब्यक्त गरे । सिंहले सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकोमा नेपाल बीमा प्राधिकरणका अध्यक्षलाई आफ्नो र संचालक समितिको तर्फवाट आभार एवं धन्यवाद ज्ञापन गरिन । उक्त समारोहमा नेपाल बीमा प्राधिकरणवाट कार्यकारी निर्देशक सुशील देव सुवेदी र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको तर्फवाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको उपस्थिती रहेको थियो ।