नेपालकै पहिलो नबिलको डिजिटल बैक ׃ ‘एन’ बैंक, अनलाइन खातादेखि ऋण आवेदनसम्म

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा नबिल बैंकले आफुलाई प्रविधिमैत्री बैंककारुपमा स्थापित गरेको छ । परम्परागत सेवा प्रणालीलाई स्मार्ट, छरितो र पहुँचयोग्य बनाउन नयाँ नयाँ प्रविधिहरु भित्र्याउदै आइरहेको छ । नेपालको बैंकिङ क्षेत्रमा डिजिटल प्रविधिको अगुवाइ नबिल बैंकले गर्दै आइरहेको छ ।
यसकै पछिल्लो कडिकारुपमा नबिल बैंकले नेपालमै पहिलो पटक एनबैंक सञ्चालनमा ल्याइएको छ । ‘एन’ बैंक मोवाइल बैंकिङ्ग एपलाई परिमार्जन गरेको डिजिटल एप हो । अथवा ‘एन’ बैंक कुनै पनि आउटलेट नभएको भर्चुअल बैंक हो । योसँगै नबिल कम्प्युटराइज्ड बैंकबाट डिजिटल बैंकमा परिणत भएको छ ।
ग्राहकले आफ्नो मोबाइल फोनको सहायताले एनबैंकको उपयोगमार्फत् खाता खोल्ने, निक्षेप, ऋण, भुक्तानीजस्ता सबै परम्परागत बैंकिङ सेवाहरू सजिलैसँग लिन सक्छन् ।
के हो एन बैंक, कसरी प्रयोग गर्ने ?
एन बैंक मोबाइल बैङ्किङ एपलाई पूर्ण रूपमा परिमार्जन गरेर सुरु गरिएको डिजिटल बैंक हो ।
एन बैंक एपबाट ग्राहकहरूले अब सिधै आफ्नो बैंक खाता खोल्नेदेखि ऋणका लागि आवेदन दिनेसम्मका सम्पूर्ण गतिविधिहरू गर्न सक्नेछन् ।
किन प्रयोग गर्ने ?
• नबिल बैंकको शाखा कार्यालयमै नगइकन मोबाइलबाटै खाता खोल्ने र ऋण पाउने सुविधा
• भिडियो प्थ्ऋ मार्फत सजिलो र कागजी कार्यमुक्त प्रक्रिया
• विदेशमा बस्ने नेपालीहरूका लागि ग्क्म् चझष्त र अन्तर्राष्ट्रिय नम्बरबाट दर्ता सुबिधा
• मोबाइलमै अपडेटेड बैंकिङ सेवा (भ्ःक्ष् क्याल्कुलेटर, ब्याजदर, विनिमयदर)
यस्ता छन् प्रमुख विशेषता
१. डिजिटल ऋण
आफ्नो एनबैंक एपबाट ग्राहकहरूले सिधै ऋणको लागि डिजिटल आवेदन दिन सक्छन् । नबिल फोन लोन र लोन अगेन्स्ट फिक्स डिपोजिट गरी दुई प्रकारका डिजिटल ऋण लिन सकिनेछ । ग्राहकले आफ्नो ६ महिनाको कारोबार इतिहासको आधारमा नबिल फोन लोन प्राप्त गर्न सक्छन् । बैंकको एल्गोरिदमले उपयुक्त क्रेडिट सीमा निर्धारण गर्दछ र योग्य ग्राहकहरूले ऋणको लागि दर्ता गर्न सक्छन् र ग्राहकको एन बैंक एपबाट सिधै तोकिएको सीमासम्म आवेदन दिन सकिनेछ । खातामा भएको कारोबारको आधारमा बिना धितो र बिना कागजपत्र ग्राहकलाई दुई लाख रुपियाँसम्मको कर्जा एक बर्षसम्मका लागि उपलब्ध गराउने सुविधा यसमा छ ।
त्यस्तै लोन अगेन्स्ट फिक्स डिपोजिट अन्र्तगत ग्राहकले आफ्नो मुद्वती निक्षेपका आधारमा पनि ऋण लिन सक्छन् । यसमा ग्राहकले आफ्नै मुद्वती निक्षेप (ँष्हभम म्भउयकष्त)मा राखेको रकमका आधारमा ऋण प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । यी दुबै ऋण बैंकको शाखामा नगई एनबैंकमार्फत नै पाउन सकिन्छ । यसको लागि बैंक धाउनुपर्ने,अन्य कुनै कागजी कार्य गर्नुपर्ने बाध्यता पनि हुनेछैन ।
२. एन–रेमिट
नेपालभित्र पैसा पठाउने बाहेक, विदेशमा बस्ने ग्राहकहरूले एन रेमिट छनोट गरेर आफ्नो मास्टर कार्ड वा भिसा कार्डहरू प्रयोग गरेर आफ्नो अन्तर्राष्ट्रिय बैंकहरूबाट सिधै नेपालका कुनै पनि बैंकको खातामा पैसा पठाउन सकिनेछ । प्रेषक र प्रापक विवरणहरू सहित (युएसडीमा) पठाइने रकम सहितको फारम मात्र भरे पुग्नेछ । प्राप्तकर्ताले केही सेकेन्डमा नबिल बैंक खातामा पैसा सिधै प्राप्त गर्न सक्नेछन् ।
३. २४ सै घण्टा सातै दिन सेवा
बैंकले आफ्ना ग्राहकलाई बैंकको कस्टमर केयर सेन्टर र भिडियो केवाइसी मार्फत् २४ सै घण्टा सेवाप्रदान गर्ने बताएको छ । एन बैंकको कुनै सेवा प्रयोग गर्दा आउन सक्ने समस्यालाई तुरुन्तै समाधान गर्ने मनसायले यो सुविधा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
४. अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरेर दर्ता सुविधा
विदेशमा बस्ने ग्राहकहरूले आफ्नो अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरी एन बैंक एपमा दर्ता गर्न र आफ्नो नबिल बैंक खाता सञ्चालन गर्न सक्नेछन् । विदेशमा बस्ने ग्राहकहरूले नबिल बैंकबाट एसएमएस अलर्ट, ओटीपी, सूचनाहरू र समाचार र अलर्टहरू पनि प्राप्त गर्नेछन् ।
५. अनलाइन सपिङको व्यवस्था
यदि कसैले अनलाइन किनमेल गर्न परेमा एन बैंकबाट नै गर्न सकिन्छ । यसको लागि दराज र सिजि डिजिटल जस्ता अनलाईन सपिङका माध्यमलाई पनि एन बैंकले समावेश गरेको छ । मार्केट प्लेस बनाउनको लागि नबिल बैंकले एन बैंकबाट सपिङ गर्दा धेरै अफरहरु पनि राखेको छ । भावी दिनमा ग्राहकलाई सहज बनाउन यस्ता धेरै प्लेटफर्मलाई पार्टनर बनाएर एन बैंकमा जोड्दै जाने बैंकको भनाई रहेको छ ।
यो सँगै ग्राहकले आफ्नो एपबाट सीधै बैंकिङ सेवाहरूको लागि आवेदन दिन सक्छन् । जस्तो कि नयाँ डेबिट कार्ड, डेबिट कार्ड प्रतिस्थापन, क्रेडिट कार्ड, व्यक्तिगत ऋण आवेदन लगायतका कामहरू पनि मोबाइल एपबाटै गर्न सकिनेछ ।
यसबाहेक, एपबाट नै बैंकको सम्पर्क, शाखा तथा एटीएमको विवरण, ब्याजदर, विनिमय दर, ईएमआई क्याल्कुलेटर एन बैंकमार्फत् ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमा प्रयोग गर्न सक्छन् ।