दक्षिण अफ्रिकी राजदुत अनिल सुकलालले राष्ट्रपति पौडेल समक्ष बुझाए ओहदाको प्रमाणपत्र

काठमाडौँ । दक्षिण अफ्रिकाको नेपालका लागि राजदूत प्राध्यापक अनिल सुकलालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति भवन, शीतल निवासमा आयोजित एक औपचारिक समारोहमा आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।
उक्त कार्यक्रममा राजदूत सुकलालले दक्षिण अफ्रिकाका राष्ट्रपतिबाट पठाइएका शुभकामना तथा बधाइ सन्देश राष्ट्रपतिलाई प्रदान गरे ।
समारोहमा दक्षिण अफ्रिकाका नेपालका मानार्थ वाणिज्यदूत प्रदीप कुमार श्रेष्ठ र दक्षिण अफ्रिकी कूटनीतिक नियोगका प्रथम सचिव पिटरको पनि उपस्थिति रहेको थियो ।
यस समारोहले नेपाल र दक्षिण अफ्रिकाबीच बढ्दो कूटनीतिक सम्बन्धलाई थप सशक्त बनाएको संकेत दिएको छ ।