कर्णालीले ल्यायो ३२ अर्ब ९९ करोडको बजेट

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको छ ।
यो बजेट चालु आवको तुलनामा ५ प्रतिशतले बढेको हो । पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार र चालुतर्फ ७ अर्ब ७९ करोड ९१ लाख एक हजार विनियोजन गरिएको छ ।
असार १ गते नै बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थालाई टेकेर कर्णालीले बजेट ल्याएको हो ।
दिनभर दलहरूबीच सहमति जुट्न नसक्दा कर्णालीमा बजेट सार्वजनिक हुन सकेको थिएन ।
प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूले बजेट बहिष्कार गर्ने चेतावनी दिएपछि दिनभर बजेट आउने वा नआउने भन्ने अन्यौल थियो ।