बालेन शाहलाई ५२ लाख ५४ हजार रुपैयाँ अनियमितता गरेको आरोप
काठमाडौैं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई अनियमितता गरेको आरोप लागेको छ । महालेखापरीक्षकको कार्यालयले तयार पारेको आर्थिक वर्ष २०८०-८१ को प्रतिवेदनमा महानगरको खर्चमा अनियमितता देखिएको हो ।
उक्त प्रतिवेदनअनुसार मेयर बालेनसहित महानगरका कर्मचारीहरुले विदेश भ्रमणमा गरेको खर्च रकम नियमसम्मत नभएको देखिएको छ । वैदेशिक भ्रमणमा भएको खर्च ५२ लाख ५४ हजार ७७ रुपैयाँ ७५ पैसा अनियमितता देखिएको हो ।


