आईएमई हस्पिटालिटीका होटेलहरूमा एससीटी-युपीआई कार्डबाट भुक्तानी गर्दा विशेष छुट
काठमाडौँ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र आईएमई हस्पिटालिटी होटल बिच एससीटी-युपीआई कार्डका ग्राहकहरूलाई ग्रुप अन्तर्गतका होटेलमा १५ प्रतिशतसम्मको छुट हुने सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता पश्चात् यही जुन १, २०२५ देखि डिसेम्बर ३१, २०२५ सम्म लाजिम्पाट स्थित होटेलले हिमालय र साके एंड फेंग, तथा पोखरा स्थित लेकसाइड रिट्रिटमा एससीटी-युपीआई कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फूड एंड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा १५ प्रतिशत छुट पाउनु हुने कम्पनीले जनाएको छ ।
रुम महसुलमा छुट POS मा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ ।
एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी-युपीआई कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी-युपीआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

