आजदेखि प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीम बिक्री खुला
काठमाडौं । प्रभु क्यापिटलले आज जेठ २३ गते शुक्रबारदेखि प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीमको इकाई बिक्री खुला गरेको छ । क्यापिटलले सर्वसाधारणलाई प्रतिइकाई १० रुपैयाँ दरले यो खुलामुखी म्युचुअल फन्ड योजनाको इकाई बिक्री खुला गरेको हो ।
कुल ४ करोड इकाईमध्ये ७.५ प्रतिशत अर्थात ३० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंकलाई र अर्को ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ । बाँकी रहेको इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणलाई २ करोड ५० लाख इकाई बिक्री खुला गरेको प्रभु क्यापिटलले जनाएको छ ।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ३१ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । यसमा छिटोमा जेठ २७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म सबै इकाई बिक्री नभएमा भने असार ६ गतेसम्म खुला रहनेछ ।
यसमा सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । खुलामुखी योजना भएकाले इकाई बाँडफाँटपछि भने योजना व्यवस्थापक र योजना व्यवस्थापकले तोकेको वितरकको मध्यमबाट इकाई खरिदबिक्री गर्न सकिनेछ ।
इकाई बाँडफाँट भएको ३ महिनाभित्र वितरक तोकिने योजना व्यवस्थापक प्रभु क्यापिटलले बताएको छ ।
Visited 1 times, 1 visit(s) today


