अमेरिकी डलरको भाउ घट्यो, अन्य मुद्राको सटही दर कति छ ?
काठमाडौं । आज अमेरिकी डरको भाउ घटेको छ । आज जेठ २३ गते शुक्रबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३७ रुपैयाँ ५७ पैसा कायम भएको छ । यस्तै, खरिददर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ । यसअघि बिहीबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३७ रुपैयाँ ७५ पैसा र खरिददर १३७ रुपैयाँ १५ पैसा कायम भएको थियो ।
यता, राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५७ रुपैयाँ १३ पैसा रहेको छ भने खरिददर १५६ रुपैयाँ ४५ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १८६ रुपैयाँ ६८ पैसा खरिददर १८५ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ६१ पैसा र खरिददर ९ रुपैयाँ ५६ पैसा छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८९ रुपैयाँ १४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५३ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने १०० रुपैयाँ २५ पैसा र बिक्रीमा १०० रुपैयाँ ६९ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Visited 1 times, 1 visit(s) today


