डिजिटल भुक्तानीमा लगाइएको भ्याट खारेज
काठमाडौं । गत वर्षकाे बजेटबाट लागू भएको डिजिटल भुक्तानीमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज भएको छ । पूर्वअर्थमन्त्री वर्षमान पुनले डिजिटल भुक्तानीमा १३ प्रतिशत कर लगाएका थिए ।
अर्थमन्त्री विष्णु पौडेलले सो कर खारेज गरेर पूर्ववत अवस्थामा ल्याएका हुन । बजेटमा भनिएको छ – ‘डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न समाशोधनगृहको सेवामा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज गरेको छु।’

