काठमाडौँमा नियमित उडान थाल्दै एयर इन्डिया एक्सप्रेस

काठमाडौं । एयर इन्डिया एक्सप्रेसले काठमाडौंमा नियमित उडानहरू सञ्चालन गर्नेछ। टाटा ग्रुप अन्तर्गतको एयर इन्डियाको सहायक कम्पनी एयर इन्डिया एक्सप्रेस ले बैंगलोर र मुम्बई बाट दैनिक काठमाडौं उडानहरू सञ्चालन गर्न अनुमति प्राप्त गरेको छ। जुन १, २०२५ देखि बैंगलोरबाट दैनिक उडान बिहान ८:०५ बजे सिधै काठमाडौँ आइपुग्ने र बिहान ९:०५ बजे प्रस्थान गर्ने गरी सञ्चालन गरीने छ ।
विगतमा नेपाल एयरलाइन्सले काठमाडौँबाट बैंगलोर को लागि नियमित उडानहरू सञ्चालन गर्थ्यो । तर, हाल कुनै पनि उडान सञ्चालन गरिएको छैन ।
बैंगलोर नेपाली विद्यार्थीहरूको लागि लोकप्रिय गन्तव्य हो र एयर इन्डिया एक्सप्रेसले दुई शहरहरू बीच उडान सुरु गरेपछि यो उनीहरूका लागि धेरै सुविधाजनक हुनेछ । भारत बाट धार्मीक पर्यटन का लागी नेपाल आउन चाहने यात्रुहरूका लागी पनि यस उडान ले योगदन गर्नेछ । यो उडानसँगै दुई देशहरू बीचको पर्यटन र कनेक्टिभिटी पनि बढ्नेछ।
निकट भविष्यमा, एयर इन्डिया एक्सप्रेसले मुम्बई मा पनि दैनिक उडानहरू सञ्चालन गर्नेछ। ट्राभल राइट प्रा। लि। नेपालमा एयर इन्डिया एक्सप्रेसको लागि GSA हो।