शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न बरुण हाइड्रोपावरलाई बोर्डको अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले बरुण हाइड्रोपावर कम्पनी लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले कम्पनीलाई १ बराबर १ अनुपात अर्थात शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न जेठ ६ गते अनुमति दिएको हो।
यस अनुसार कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख ५८ हजार १५० कित्रा हकप्रद शेयर निष्काशन गर्नेछ।