गभर्नरका लागि तीन जनाको नाम सिफारिस, एक नम्बरमा पौडेल

काठमाडौं । गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको सिफारिस समितिले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो ।
जसमध्ये पहिलो नम्बरमा विश्व पौडेलको नाम छ । यस्तै दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना तिम्सिना र तेस्रो नम्बरमा पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आजै बिहान गभर्नरमा पौडेललाई नियुक्त गर्ने सहमति जुटेको थियो ।
अहिले तीनजनाकै नाम लिएर अर्थमन्त्री विष्णु पौडेल मन्त्रिपरिषद् बैठकका लागि बालुवाटार पुगिसकेका छन् ।