बुद्धिजीवी परिषद्को अधिवेशन काठमाडौमा हुने

काठमाडौं । नेपाल बुद्धिजीवी परिषद्को ११ औं राष्ट्रिय अधिवेशन यही जेठ १७ र १८ गते काठमाडौंमा हुने भएको छ । परिषद्को हालै सम्पन्न केन्द्रीय सचिवालयको वैठकले अधिवेशनको मिति तय गरेको हो ।
सकारात्मक सोच, सुखी नेपालीको आधार ! आर्थिक सामाजिक रुपान्तरण, बुद्धिजीवीको कार्यभार ! भन्ने नाराका साथ सम्पन्न हुने अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको छ ।
परिषद्को सचिवालय वैठकलाई सम्वोधन गर्दै परिषद्का इन्चार्ज अरुण नेपालले बुद्धिजीवी परिषद्को अधिवेशन सवैका लागि नमुना हुनुपर्ने वताउँदै बुद्धिजीवीहरुको अधिवेशन ज्ञान उत्पादनमा केन्द्रीत हुनुपर्ने वताए ।
यसैगरी परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले आर्थिक सामाजिक रुपान्तरण मार्फत देशलाई समाजवादतर्फ डोर्याउन बुद्धिजीवीहरुले भूमिका खेल्नुपर्ने वताए । परिषद्को अधिवेशनले देशमा अहिले विद्यमान समस्याबाट निकास दिन भूमिका खेल्नुपर्ने आवश्यकता रहेको समेत उनले वताए ।
परिषद्को वैठकले अधिवेशन सम्पन्न गर्नका लागि गठन भएका उपसमितिहरुले गरेको कामको समीक्षा गरी अधिवेशनलाई भव्य रुपमा सफल पार्न प्रभावकारी रुपमा लाग्नुपर्ने निष्कर्ष निकालेको छ । अधिवेशनको अघिल्लो दिन १६ गते वौद्धिक सम्मेलन हुने र १७ र १८ गते अधिवेशनको काम हुने कार्यतालिका तय भएको छ । अधिवेशनमा देशभरबाट करिव ५ सय बुद्धिजीवीहरुको संलग्नता रहने छ ।