काठमाडौं बागबजारमा ‘सुट मेला–२०८१’ सम्पन्न, भाग्यशाली विजेताहरूको घोषणा

काठमाडाैं । काठमाडौंको बागबजारस्थित आराधना कम्प्लेक्समा गत मंसिर १७, गतेदेखि सुरु भएको ‘सुट मेला–२०८१’ पाँच महिनाको उत्साहपूर्ण यात्रापछि यही वैशाख २५ गते शुक्रबार सम्पन्न भएको छ ।
नेपाल टेलरिङ व्यवसायी महासंघको आयोजनामा भएको यो मेलाले आर्थिक मन्दीको चुनौतीबीच सर्टिङ–सुटिङ व्यवसायलाई गति दिएको छ । मेलाको मुख्य आकर्षणका रूपमा रहेको भाग्यशाली गोलाप्रथाबाट दुई जनालाई थाइल्याण्ड तथा दुबई भ्रमणको अवसर प्रदान गरिएको छ ।
थाइल्याण्ड भ्रमणको मौका सामाखुसीस्थित रविन श्रेष्ठ (लक्की नंबरः १५,४७७) ले भ्रमणको टिकट जितेका छन् । यसैगरी दुबई भ्रमणको मौका महाराजगंजस्थित अनिल श्रेष्ठ (लक्की नंबरः ६६२) ले हात पारेका छन् । यसका साथै मेलामा कपडा खरिद गरी सिलाउने ग्राहकहरूमध्येबाट गोलाप्रथामार्फत स्वदेशमै रहेका पर्यटकीय गन्तव्य पोखरा र मनकामनालगायत स्थानको भ्रमणको अवसर जितेका छन् ।
मेलामा मेरिना इम्पेक्स, अनुपम टेलर्स, श्रेष्ठ टेलरिङ, एक्सलेन्ट टेलर्स, एसटी टेलर्स, सिजनल टेलर्स, टिपटप टेलर्स, रिच स्टिचिङ, मेरो टेलर्स, हिल टप, र ह्यारी कलेक्सनजस्ता प्रतिष्ठित टेलरिङ स्टलहरूको सहभागिता थियो । यी स्टलहरुमा ब्रान्डेड सटिङ र सुटिङका कपडाहरू दर्जनौं आकर्षक डिजाइनमा सुपथ मूल्यमा उपलब्ध छन् । ग्राहकहरूले आफ्नो रुचिअनुसार स्टाइलिश र गुणस्तरीय कपडा खरिद गर्नुका साथै सिलाउने अवसर प्राप्त गर्न सक्छन् ।
नेपाल टेलरिङ व्यवसायी महासंघले यो मेलालाई आर्थिक मन्दीले शिथिल बनेको सर्टिङ–सुटिङ व्यवसायलाई पुनर्जनम दिने अवसरका रूपमा लिएको थियो । आयोजक महासंघले व्यवसायलाई चलायमान बनाएर आर्थिक मन्दीको प्रभाव कम गर्नुका साथैं टेलरिङ व्यवसायलाई प्रोत्साहन गरी रोजगारीका अवसरहरू बढाएर सरकारी राजस्व वृद्धिमा सहयोग पुर्याउने रहेको थियो ।
मेलाले यी उद्देश्यहरूलाई प्रभावकारी रूपमा पूरा गरेको आयोजकहरूको दाबी छ । हजारौं ग्राहकहरूले मेलाको अवसरमा कपडा खरिद र सिलाइ गरे, जसले स्थानीय व्यवसायीहरूमा नयाँ उत्साह थपेकाे दाबी गरिएकाे छ ।