घट्यो अमेरिकी डलरको भाउ, प्रमुख मुद्राहरुको सटही दर कति छ ?

काठमाडौं । आज पनि अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज जेठ १ गते बिहीबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ ७४ पैसा कायम भएको छ । यस्तै, खरिददर १३६ रुपैयाँ १४ पैसा कायम भएको छ । यसअघि बुधबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा र खरिददर १३६ रुपैयाँ २४ पैसा कायम भएको थियो । मंगलबारको तुलनामा बुधबार पनि अमेरिकी डलरको भाउ घटेको थियो ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५३ रुपैयाँ ४३ पैसा रहेको छ भने खरिददर १५२ रुपैयाँ ७६ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १८२ रुपैयाँ ३१ पैसा र खरिद दर १८१ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४४ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ६८ पैसा र बिक्रीमा ९८ रुपैयाँ ११ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।