अध्यक्षले आइपीओ अनुमति प्रक्रियामा कमिसन मागेको आरोपप्रति धितोपत्र बोर्डद्वारा खण्डन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई जोडेर आएका समाचारहरुको खण्डन गरेको छ । अध्यक्ष श्रेष्ठले हाइड्रोपावरको आइपीओ अनुमतिका लागि कमिसन मागेको आरोपलाई धितोपत्र बोर्डले तथ्यहिन, आधार बिहिन, कपोकल्पित र भ्रामक भन्दै खण्डन गरेको छ ।
पुँजी बारको क्षेत्रमा हुन थालेको सुधारबाट अत्तालिएर नियोजितरुपमा प्रायोजित सामग्रीको सम्प्रेषणले नियामकको छवि धूमिल पार्ने ओजिएको पनि बोर्डले आरोप लगाएको छ । साथै, बोर्ड अध्यक्षको नाम लिएर कसैले गैरकानुनी फाइदा लिएको जानकारी भएमा तथ्यागत विवरण उपलब्ध गराइदिन पनि बोर्डले आग्रह गरेको छ ।
