अमेरिकी डलरको भाउ बढ्यो, प्रमुख मुद्राहरुको सटही दर कति छ ?

काठमाडौं । आज अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज वैशाख २४ गते बुधबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३५ रुपैयाँ ४० पैसा कायम भएको छ । यस्तै, खरिददर १३४ रुपैयाँ ८० पैसा कायम भएको छ । यसअघि मंगलबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३५ रुपैयाँ ११ पैसा र खरिददर १३५ रुपैयाँ ५१ पैसा कायम भएको थियो ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५३ रुपैयाँ ३८ पैसा रहेको छ भने खरिददर १५२ रुपैयाँ ७० पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १८० रुपैयाँ ९४ पैसा खरिददर १८० रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ४७ पैसा र खरिददर ९ रुपैयाँ ४३ पैसा छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०५ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९८ रुपैयाँ ०१ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५८ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।