स्पाइसले काठमाडौँ–दिल्ली उडान गर्दै

काठमाडौँ । स्पाइस जेटले काठमाडौं–दिल्ली उडान गर्ने भएको छ । स्पाइसले मे १० (वैशाख २७) देखि काठमाडौं–दिल्ली उडान गर्ने भएको हो ।
दिल्लीबाट बोइङ ७३७ काठमाडौं ९ः५५ मा आइपुग्ने तालिका छ । काठमाडौं त्यसको एक घण्टामा डिपार्चर हुनेछ ।
काठमाडौंबाट दिल्ली जान प्रतियात्रु १९ हजार रुपैयाँ पर्नेछ । सन् १९८४ मा सुरु भएको स्पाइस जेट भारतीय बजारमा ‘लो–कस्ट एयरलाइन्स’ भनेर चिनिन्छ ।